• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

राजाराम दास / १७ असोज २०८०


:

सद्भावको आडमा अतिवाद ।


समुदायलाई सम्बोधन गर्दा पनि नेपाल प्रहरी छेउ मै रहेरपनी मौन बस्नुले नेपाल प्रहरी पनि त्यो जमातको अगाडि निरिह भएको जस्तो देखिएको छ ।
हिन्दु समाज माथी नै प्रहार हुँदा समेत नेपालगञ्ज प्रशासनले हिन्दु समाजलाई नै सद्भाव ¥याली निकाल्नलाई दबाब दिनु र अर्को पक्षले जे जस्तो कार्य गरे पनि चुप लागेर बस, मौन भएर बस भन्ने किसिमले शान्ति र सद्भावको नाममा ब्लाकमेल गरेर नेपालगञ्जको घटना बाहिर नजाओस भन्ने उद्देश्यले घटनासँग सम्वन्धित कुनै किसिमको फोटो, भिडियो, व्यक्तिगत धारणा, सभा, जुलुस नगर्न–नगराउन अपिल गर्नुले, प्रशासनको नियतमाथि प्रश्न चिह्न खडा भएको छ ।
यो देशमा ९४% ‘ॐ’कार परिवार हुँदाहुँदै पनि सिमित २÷४% जातीको जातिय एवं धार्मिक भोटबैंकको लागि यहाँको जनप्रतिनिधिहरूले हिन्दु समाजलाई दबाउन खोज्दै गएको आभाष भईरहेको छ । धरानमा मन्दिरको सामु चर्च बनाईयो । जसले भोलिको दिनमा सामाजिक सद्भाव भड्किने र समाज विखण्डन हुने निश्चित छ । तर पनि सरकारी प्रशासन मौन रहयो । त्यसै घटनालाई विषयन्तरण गर्न कै लागि धरान लगायत नेपालको विभिन्न स्थानमा गाई काटियो । संविधानमा नै गौ हत्यालाई निशेध गरिएको छ । तर पनि संविधानलाई आत्मसात गर्दै नेपाल सरकारले नै हत्यारालाई पकडेर कारबाही अघि बढाउनु पर्नेमा घटनालाई बेवास्ता गर्दै त्यहाँ मेन स्ट्रीमका सम्पुर्ण मिडियाहरू समेत मौन बसे । राजनीतिक एवं सामाजिक विश्लेषक हुँ भन्नेहरूको समेत कुनै प्रतिक्रिया आएन । राजनीतिक चलखेल हुन दिई राखियो । फलस्वरूप देशमा विकराल अवस्थाको सिर्जना भयो । ठाउँ–ठाउँमा हजारौंको संख्यामा जनता सडकमा उत्रन बाध्य भए । तरपनी सरकार र स्थानिय प्रशासन मौन रहे ।
त्यसैगरी सर्लाहीमा कृष्णाष्टमी पूजाको मूर्ति, विश्वकर्मा पूजाको मूर्ति र गणेश पूजाको मुर्ति जलप्रवाह गर्न जाँदा अवरोध उत्पन्न गराई साम्प्रदायिक दंगा फैलाईयो । रातीको समयमा विद्युत कटौती गरेर स्थानीय रुपेश यादवमाथि छुरा प्रहार गरियो । तरपनी सरकारी संयन्त्र मौन रहयो । घटनालाई शान्त गर्नु भन्दापनि उक्त क्षेत्रको मुख्य मन्त्रीले मिडियामा भड्काउ अभिव्यक्ति दिदै हिडे । फलस्वरूप मलंगवामा झडप समेत भयो । तर यति हुँदा पनि सरकारी पक्षले अपराधीलाई कारबाही गर्नमा जोड दिने भन्दापनी हिन्दूहरूलाई बोलाएर सद्भाव ¥याली निकाल्नमा जोड दियो । एकातिर अतिवादी आतंकी समुहले मनपरि गर्दै हिड्ने अनि अर्को तर्फ सरकार पक्षले दोषीलाई कारबाही गर्ने भन्दापनि सदभावको बिगुल फुक्दै हिड्नुले पनि सरकारको विभेदी नीति प्रष्ट झल्किन्छ ।
त्यति मात्र नभएर, आतंकी घटना मधेश प्रदेशमा भयो तर बाग्मती प्रदेशमा हिन्दू, मुस्लिम र ईसाइको केही सिमित संगठनलाई बोलाएर जवर्जस्ती रूपमा सद्भाव ¥याली निकाल्न र घटनालाई दबाउन हस्ताक्षर गराईयो । यसले पनि सरकारको नीयत माथी प्रश्न खडा भएको छ ।
विभिन्न जाती एवं नश्लवादीहरूले जे–जे बोले पनि हिन्दूले सहनु पर्ने, उनीहरूले मनपरी गर्दा र हिन्दूको भावनामा ठेस लागे पनि सहनुपर्ने तर हिन्दूले चाहिँ प्रतिकार र प्रतिवाद नि गर्न नपाउनुले पनि हिन्दू समाज माथिको सरकारी नियन्त्रण प्रष्ट देख्न सकिन्छ । हिन्दूले कुनै गतिविधि सञ्चालन गर्दा कुनै धर्म र सम्प्रदायको भावनामाथि ठेस नपुग्ने गरेर कार्य गर्नुपर्ने तर उनीहरूले चाहिँ जे–जे बोले पनि मौन भएर बस्नु पर्ने यस्तो एकतर्फी नियम किन हिन्दूमाथि मात्रै लाद्ने प्रयास हुँदैछ ? के हिन्दूले मात्रै समभावको पाठ पढेर हिड्नुपर्ने अनि मंगोल, मुस्लिम र इसाईको नामधारी जमातलाई त्यो नियम लागू नहुने हो ?
हिन्दूको भावनामाथि चोट पुग्ने गरी सामाजिक सञ्जालमा भिडियो फोटो पोष्ट गर्दै गाई काटियो तर प्रशासनले संवैधानिक नियमलाई आधार मानेर गाई काट्नु अपराध हो भनेर भन्न समेत सकेन । तर हिन्दूलाई सदभाव बिग्रन्छ मौन बस है भनेर अपिल गर्न चाहि भ्यायो । नेपालगञ्जमा एक सामान्य व्यक्तिको स्टाटसलाई आधार बनाएर त्यत्रो बितण्डा मच्चाईयो । हिन्दू समाजमाथि ठाडै प्रहार गरियो तर जब हिन्दूले प्रतिकार गर्ने अवस्था आयो । तब प्रशासनले हिन्दूलाई नै बोलाएर मौन बस है सामाजिक सदभाव भड्किन्छ भनेर रोक लगायो ।
यहाँ शान्ति, सद्भाव र सहिष्णुतालाई आत्मसात गर्ने हिन्दू समुदायमाथि आततायी जमातले जे जसरी जस्तो गरे पनि हुन्छ, उसले छुट पाउँछ भन्ने भाष्य स्थापित गराइदैछ । आखिर किन ? कसको ईशारामा ? सहनुको पनि हद हुन्छ होला ? सहनुको सीमा सकिएपछि बाँकी के नै रहन्छ र ? त्यसैको प्रतिफल हो हिन्दु गुरु श्रीनिवासाचार्यको अभिव्यक्ति ।

यसरी, सधै यो देशको नियम र संविधानले हिन्दूलाई मात्र रोक लगाउने अनि अरुहरूलाई जेमा पनि छुट दिने यो कस्तो नियम हो ? प्रहरीका अनुसार नेपालगन्जको उक्त युवकले सामाजिक सञ्जालबाट स्टाटस पनि हटाए र माफी पनि मागे तर माफी मागिसके पश्चात् पनि त्यत्रो आन्दोलन गर्नुको कारण के ? तसर्थ यो विषयमाथि हिन्दूले अब सोच्नु पर्ने बेला आएको छ ।
आजैको घटनालाई हेर्ने हो भने हिन्दू गुरू श्रीनिवास आचार्यलाई सुनसरी चतराबाट प्रहरीले पक्राउ गरेको छ । उनले धरानमा र देशका अन्य भागमा संविधान र कानुनले वर्जित गरेको गौ हत्याको केसमा हिन्दूहरूले आमा समान मानी आएको गौमाताको हत्यारालाई कारबाही गर्न खरो रूपमा भाषण गरेका थिए । सरकार मौन बसेर आतंकी समुदायलाई बचाउन खोज्दा घटनाबाट पिडित भएर उनको मुखबाट त्यस्तो अभिव्यक्ति निस्किएको कुरा प्रष्ट छ । पिडामा कसैले गीत गाउँदैन । प्रतिकार अवस्री गर्दछ । यहाँ संविधानले नै निषेध गरेको गौ हत्या केसमा हत्यारालाई उन्मुक्ति दिने र हत्यारालाई कारबाही गर्नु पर्दछ भनेर शसक्त आवाज उठाउनेलाई पकडेर कारबाही अघि बढाउनुले पनि सरकारको एकपक्षिय अन्यायपूर्ण चरित्र प्रष्ट हुन आउँछ ।
हत्यारालाई आममाफी, विधर्मीलाई साथ
एउटा हिन्दू बोल्दैमा हिरासतको वास ।।
आयो–आयो लुटतन्त्र, राजधर्म फालेर
उठौँ जागौँ हिन्दू हो, नत्र जानुपर्ला भागेर ।।
भन्ने यम प्रसाद पौडेल ‘दीपक’को कविताले सार्थकता पाएको प्रष्ट हुन्छ ।
सहिष्णुता कदापि हिन्दूको कमजोरी होईन । यदि प्रशासनले समयमै परिपक्वता देखाएर विधर्मीलाई कारबाही गरेको भए यस्तो घटनाहरू आउने नै थिएन । सरकारको अपरिपक्वता एवं उचित र न्यायपूर्ण निर्णय क्षमतामा ह्रास आएकै कारण वर्तमान परिस्थिति निम्तिएको कुरामा दुई मत छैन । सरकारी संयन्त्रको यस्तै गलत रवैया भएको खन्डमा भोलिको दिनमा देशले ठूलो मूल्य चुकाउने कुरा निश्चित छ ।
नेपाल आमाको जय ।।

Share
Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved