• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

लेखक तथा राजनीतिक विश्लेषक : प्रकाश रायमाझी २०८०असोज २१ गते


:

महरालाई उन्मुक्ति दिने षडयन्त्र


महरालाई उन्मुक्ति दिने षड्यन्त्र              सर्वत्र असफल सिद्ध भएको सरकारले बहुचर्चित मुद्दा सुन तस्करी प्रकरणमा सामान्य ओसारपसार गर्नेहरुलाई मुद्दा चलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयबाट प्रचण्ड सरकार नाङ्गो भएको छ। सुन तस्करीका योजनामा मुख्य भूमिका निर्वाह गर्ने कृष्णबहादुर महरा र उनको छोरा हकमा भने सामान्य प्रकृतिको मुद्दा अगाडि बढाउने महान्यायाधिवक्ताको पक्षपातपूर्ण भूमिकाबाट  प्रचण्ड र गृहमन्त्री नारायणकाजीको दोहोरो चरित्रप्रष्ट देखिएको छ। भ्रष्टाचारमा पनि व्यक्तिपिच्छे फरक मुद्दा तस्करीमा पनि त्यस्तै ढंगबाट सरकार अगाडि बढ्दा विधिको शासन र कानुनी राज्यको उपहास भइरहेको छैन? एकातिर सुन तस्करी प्रकरणलाई दीर्घकालीन समाधान गर्ने ढोल पिटाएर अर्कोतर्फ आफ्ना मान्छेहरूलाई जोगाउने प्रचण्डको भूमिकाले तस्करहरुलाई  संरक्षण गर्ने माओवादीका लडाकूहरुलाई भने जेलमा सडाउने नियत प्रष्ट भएको छ। प्रचण्डको आफ्नै परिवार सुन तस्करी प्रकरण लगायत अनेकौं भ्रष्टाचार काण्डहरूमा मुछिएका छन् ‌। नेपालमा जतिपनि ठूला आर्थिक अनियमितता र भ्रष्टाचार छन् त्यसमा स्वम प्रचण्ड परिवार संलग्न रहेको आरोप लाग्दै आएको छ ‌। कुनै पनि मुद्दामा सरकारी वकिलको भूमिकाले धेरै महत्व राख्छ। अहिले महान्यायाधिवक्ताको गलत नियत र सर्वोच्चको न्यायाधीश हने  लालसालेगर्दा सरकारलाई अझधेरैनै बदाम गराइरहेको छ। तर संविधानवादका कुरा गरेर नथाक्ने कानुनची हरू कता दुलामापसे‌‌? संविधानको धज्जी उडाइएको छ भने स्वेच्छाचारी ढङ्गबाट प्रचण्ड सरकारले आफ्ना विरोधीहरुलाई जालझेल गरेर मुद्दामा फसाउने षड्यन्त्र रचेको स्पष्ट देखिएको छ‌। जघन्य अपराधीलाई माफी दिने देखि गलत मनसायले सर्वसाधारणलाई दुःख दिने नियतले प्रचण्ड सरकारले अनेकौ तानाबाना बुनिरहेको छ‌। भुटानी शरणार्थी प्रकरण देखि सुनकाण्ड ललिता निवास, हुँदै अननेकौ विकृति र विसंगतिलाई प्रचण्ड सरकारले नै  माफीया आबरणमा गैरकानुनी क्रियाकलाप बाट संरक्षण गरिरहेको छ। यसरी व्यक्तिपिच्छे फरक मुद्दा चलायो भने यस्ता गलत अभियोजन लगाउनेहरुलाई अब जनताले माफी दिने छैनन्। यतिबेला न्यायालयले पनि निष्पक्ष र पारदर्शी रूपमा आफूलाई तीन करोड नेपालीको मन जित्न‌‌ेगरी कानूनी राज्यको अनुभूति गराउनुपर्ने कर्तव्यपालामा कहीँ कतै पनि विचलित हुनेछैन भन्ने विश्वास दिलाउनु पर्ने जिम्मेवारीबाट न्यायमूर्ति र न्याय प्रशासन बिचलि हुनुभएन। अन्यथा नेपालमा तानाशाही शासनले जरो गाड्दै जानेछ। पिपलबोटे न्याय प्रवृत्तिले विधिको शासन र संविधानवादको धज्जी उडाएको त छनै।               

लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझी

Share
Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved