उपहार जंग शाह । २०७६ फागुन १७गते
३८ को ज्यान लिने दिल्ली हिंसा, के भइरहेको छ दिल्लीमा ! नागरिकता संशोधन ऐनको विषयलाई लिएर भड्केको हिंसात्मक गतिविधिले अहिलेसम्म दिल्लीमा ३८ जनाको ज्यान गइसकेको छ भने खासगरी उत्तरपूर्वी दिल्लीका घर सडक आदि भौतिक संरचनाहरुलाई तहस-नहस बनाएको छ । साहिनबाग समेत गरेर ८ वटा क्षेत्रमा चलेको दंगाले सयौं मानिसहरूलाई घाइते बनाएको छ र अनगिन्ती ब्यापार ब्यबसाय हरु समेत यसको चपेटामा परेको छ।घटनाक्रमको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा मानिसहरुको आवतजावतलाई समेत प्रहरीले रोक लगाएको छ भने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गर्दै मृतक हरुका परिवारलाई जनही १० लाख दिने तथा घाइतेहरुलाई प्रतिव्यक्ति २० हजार सहायता दिने घोषणा गरेका छन् I सडक दुर्घटनामा पर्ने व्यक्तिहरुका सहयोगका निमित्त ल्याइएको फरिश्ता स्किम वाट समेत दुर्घटनामा परेका व्यक्तिहरूले उपचार गराउन सक्ने दिल्ली सरकारले बताएको छ भने दंगामा ध्वस्त भएका पसलहरुलाई ५ लख रिक्सालाई २५हजार र इ रिक्सालाई ५० हजार सम्मको भरपाई सरकारले गरिदिने बताइएको छ । एकातिर दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले यस्ता सहायताका उद्घोष गरिरहेका छन् भने अर्कोतिर अनुसन्धानकै क्रममा उनकै पार्टी आम आदमी पार्टीका पार्सद ताहिर हुसैन का घरका छतमा हिंसामा प्रयोग भएका डरलाग्दा पेट्रोल बम ढुङ्गा गुलेली आदी जस्ता वस्तुहरु भेटिएका छन् जसको भिडियोहरु भाइरल भएका छन् भने मिडिया एजेन्सीहरु उक्त स्थानको भिडियो समाचार बनाउन तछाडमछाड गरिरहेका छन् । घटनाको सवेदनशिलता लाई बुझ्दै अरविन्द केजरीवालले आफ्ना पार्टी आम आदमी पार्टीका मानिस घटनामा दोषी देखिए दुइगुना सजाय दिए हुन्छ समेत भनेका छन् भने ताहिर हुसैनलाई पार्टीबाट निलम्बन गरिएको छ । मोदी सरकारविरुद्ध अब सडकमा आउनुपर्ने सोनिया गान्धीको भाषण जस्ता भड्किला अभिव्यक्तिहरु लाई समेत हिंसाको जडको रुपमा लिइएको छ भने अन्य अनेक नेता तथा कलाकार हरु को भड्किला अभिव्यक्तिलाई समेत दोषी मान्दै कारबाहीको माग भएको छ । भारतमा रहेका बौद्ध धर्मावलम्बी शिख धर्मावलम्बी अन्तर्गत रहेका विविध आप्रवासीहरुलाई फास्ट ट्रयाकमा नागरिकता दिने विषयलाई लिएर नागरिकता संशोधन विधेयकको कुरा आएको थियो भने मुस्लिम समुदायलाई पक्षपात गरिएको समेत विरोधको विषय बनेको थियो । नागरिकता संशोधन विधेयकको पक्ष विपक्ष का व्यक्तिहरू आमनेसामने भएपश्चात दंगाले रुप लिएको थियो जसमा प्रहरीलगायत सामान्य नागरिकहरूको समेत मृत्यु भएको छ ।