• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: जी २० सम्मेलनमा सहभागीता बारे पुटिन अझै अनिर्णित

Card image cap

विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागीताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित हुनुभएको छ । उहाँका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरेपनि चाडै निर्णय आउने अपेक्षा गरिएको छ । “उहाँले गर्ने निर्णय जति सक्दो चाँडो हामीले यहाँहरुलाई जानकारी गराउने छौँ, तर अहिलेसम्म भने कुनै निर्णय भएको छैन,” प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुलाई भन्नुभयो । विदेशी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गर्ने जिम्मेवारी पाउनुभएका इन्डोनेशियाका अर्थ मन्त्री मुल्यानी इन्द्रावतीले रूसी राष्ट्रपति पुटिनसहितका सबै २० देशका राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा पठाइसक्नु भएको छ । विश्व चर्चित र चासोका साथ हेरिने जी–२० सम्मेलन आगामी नोभेम्बरमा इन्डोनेसियाको बालीमा आयोजना गर्ने तय भइसकेको छ । रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved