• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English


संवादाता

: न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

Card image cap

१ जेठ  ः यहाँको न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो । गोली लागेर अरु केही घाइते पनि भएका छन् । अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको थियो । बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिनुभएको ह्वाइट हाउसले जनाएको छ । रासस

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved